१० असार २०८१, आइतबार | Sun Jun 23 2024

इलामका अग्रज पत्रकार सटेन्द्र जबेगु पुरस्कृत हुदै | Kiratsamachar



किरात समाचार : नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले सटेन्द्र जबेगुलाई पुरस्कृत गर्ने भएको छ । (फोनिज) इलामले स्थापना गरेको आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट इलामका अग्रज पत्रकार जबेगू पुरस्कृत हुने भएका हुन् ।

सोमबार इलाम सदरमुकाममा बसेको फोनिज इलामको बैठकले जबेगूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । नगद रु १० हजार राशीको पुरस्कार नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजको २३ औं  स्थापना दिवसको अवसरमा साउन २७ गते पुरस्कार वितरण गरिने भएको हो ।
इलाममा बसेर दुई दशकदेखि पत्रकारिता गरिरहेका जवेगू  इलाम पोष्ट दैनिकका सम्पादक र इलाम आवाज साप्ताहिकका प्रकाशक समेत हुन् ।  जवेगूले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र इलामका अध्यक्ष भएर काम गरिसकेका छन् ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ इलामले स्थापना गरेको पुरस्कार कोषमार्फत बर्सेनि एक जना आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गरिने फोनिज इलामका अध्यक्ष राम योङहाङले जनाएको छ ।

यसैगरी सोहि कार्यक्रममा फोनिज इलाममा आवद्ध भई जनप्रतिनिधिमा निर्वाचित र निजामति सेवामा प्रवेश गरेका पूर्व फोनिजकर्मीहरुलाई फोनिज इलामले सम्मान गर्ने भएको छ ।
सूर्योदय नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित फोनिज इलामका पूर्व अध्यक्ष ख्याम भुजेल र सन्दकपुर गाउँपालिका वडा ५ मा सदस्यमा निर्वाचित फोनिजका पूर्व सदस्य कुमार गुरुङलाई सम्मान गरीने भएको छ ।
त्यस्तै निजामति सेवामा प्रवेश गरेका फोनिजका पूर्वसदस्यहरु सुमन लावती र अशोक लिम्बूलाई सम्मान गरिने फोनिज इलामले जानकारी दिएको छ

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ३ : ०६ बजे