लिम्बुवान सामाजिक मञ्च यूकेको साधारणसभा सम्पन्न | Kiratsamachar

  किरात समाचार  158 पटक हेरिएको

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्चको प्रवास संगठन संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूके तथा लिम्बुवान सामाजिक मञ्च यूकेको साधारणसभा सम्पन्न भएको छ ।

शनिबार मञ्चका अध्यक्ष देवी बहादुर तुम्बाहाम्फे र अर्का अध्यक्ष टंक खापुङले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

साधारणसभामा मञ्चले बार्षिक सांगठानिक प्रतिवेदन तथा अर्थसचिव तिलबिक्रम तावाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनहरुलाई बहुमतले पारित गर्दै मञ्चले उठाएका मुद्दालाई साथ दिदै लिम्बुवान, किरात प्रदेश नामाकरण लगायतका मुद्दाहरुमा ऐकबद्धता व्यक्त गर्दै पार्टीलाई आगामी चुनाव अघि नै सिस्टिममा लानु पर्ने सहभागीहरुले जोड दिएका छन् ।

कार्यक्रममा देवी तुम्बााम्फे, संस्थापक नेता चुढामणी तुम्बाहाम्फे, खड्गजंग आङबुहाङ, जगत सुहाङ, राम इजम, कृष्ण लिङदेन लगायतले आआफ्ना धारणाहरु राखेका थिए ।

कार्यक्रम टंक खापुङको अध्यक्षता, जगत सुहाङको स्वागत मन्तव्यका साथै राम इजम र दिप तुम्बापोले संयुक्त रुपमा संचालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार