४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्दै अशोक राई



धरान : आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । जसपा धरानले मंगलबार धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले सो कुरा बताएका हुन्।

उनले भने आगामी प्रदेश र संघको निर्वाचनमा सत्ता साझेदार गठबन्धन संयुक्त रूपमा चुनावी मैदानमा उत्रने बताए। उनले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा केही समस्या भएकाले यसको समाधानका लागि पहल भइरहेको बताउनु भयो। उनले आफू सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरिरहेको छु ।

राई २०७४ को संसदीय निर्वाचनमा धरानका जनताले आफूलाई दोस्रो स्थान दिएर माया गरेकाले पुनः यहीबाट चुनाव लड्ने मनसाय बनाएको बताउदै उनले भने सिट बाँडफाँटमा सुनसरी क्षेत्र नम्बर १ नपाए पनि गठबन्धनले टिकट दिएको स्थानमा गएर पनि चुनाव लड्न तयार भएको बताए।

 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : ३० बजे