६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

दमकमा मनाइयो २८ औं विश्व आदिवासी दिवस ( तस्वीरहरु )



दमकमा २८औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भव्य रुपले मनाइएको छ ।

दमक नगरपालिकाको प्राङ्गणदेखि विभिन्न जातीहरुको जातीय झाँकीको याली सहित नगर परिक्रममा गर्दै दमक ८स्थित कस्मिक पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राम थापाले दमकमा निर्माणको अन्तिम चरणमा पुगेको दमक सभागृहको नाम शिलान्यास समयकै फाल्गुनन्द सभागृह नामांकरणको लागी आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

आदिवासी जनजाती महासंघ दमक नगर समन्वय समितिले आज आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि थापाले आफु आदिवासी जनजातीको पहिचान र आस्तित्वलाई स्थापित गर्न लागि पर्ने बताउँनु हुँदै सभागृहको शिलान्यासको समयमा रहेको नाम फाल्गुनन्द सभागृहनै कायम गर्ने गरी नगर कार्यपालिका बैठकमा प्रस्ताव लैजाने तयारी रहेको बताए ।

यसरी नै कार्यक्रमका वक्ताहरुले दमकमा निर्माण गर्ने भनिएको आदिवासी संग्रहालय, कमलको आदिवासी रंगशाला र दमकमा निर्माण सम्पन्न हुन लागेको दमक सभागृहको नाउँमा आदिवासीको पहिचान मेटाउने काम गरेको बताएका छन् ।

दमक नगरमा रहेका सबै जातीय संघसंस्थाहरुका अगुवा तथा उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा गुनासो गरेपछि नगर प्रमुख थापाले आफुहरु सबैको अभिभावक बन्ने बताउँदै दमक सभागृहको नाउँ फाल्गुनन्द सभागृहनै कायम गराउने प्रतिबद्धता जनाउनु भएको नगर उपप्रमुख रेगीना भट्टराई, आदिवासीनेताहरु नित्यानन्द ताजपुरीया, मोहन धिमाल, धिरेन लावती लगायतको उपस्थिति रहेको थियो ।

आदिवासी जनजाती महासंघ दमक नगर समिति अध्यक्ष गुमानसिंह तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न जातजातीहरुको सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।      

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : २२ बजे