७ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025

नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु , ८१५ जनामा संक्रमण पुष्टि



काठमाडौ : नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी ५ जनाको मृत्यु भएको हो । यस्तै ४ हजार ५३४ नमुना परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टामा ३१ हजार ७६१ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११ पीसीआर परीक्षणमा ४६५ र २ हजार १२३ एन्टीजेन परीक्षणमा ३५० जनामा संक्रमण देखिएको छ । २४ घण्टामा ४७६ जना निको भएका छन् । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १२ : ४७ बजे