९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

ताप्लेजुङमा शान्तिपूर्ण नैतिक दबाब समिति गठन | Kiratsamachar



ताप्लेजुङको फुङ्लिङमा आयोजित भेलाले कर्ण पालुङ्वाको संयोजकमा शान्तिपूर्ण नैतिक दबाव समिति गठन गरेको छ । भेलाले पालुङ्वाको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरेको हो ।                                                           बुधबार गठन भएको दबाव समितिको सह संयोजकमा पुर्णहाङ ईजम, लक्ष्मी माबो, गणेश लिङ्देन रहेका छन् ।

समितिको सचिवमा धनकुमार येङ्देन, सहसचिव टिका साँबा, अर्थ संयोजकमा भक्त पालुङवा, सह संयोजकमा दिलिप लाबुङ, हर्कजीत लिबाङ, चन्द्रसिं लिबाङ, बिष्णु हाङगाम, समन्वय संयोजकमा अमृत सेम्बु रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा क्रमशः डम्बर पालुङवा, हिमाल फुरुम्बो, महेश पतङ्वा, टेकुहाङ सेम्बु, मनकुमार ईजम, शिवकुमार सेम्बु, शिसिर सेम्बु, पदम पालुङ्वा, प्रविन पालुङ्वा, इन्द्रहाङ पालुङ्वा, कुमार खिम्दिङ, शन्तोस खिम्दिङ लगायत रहेको दबाव समितिका सचिव पृथीमान खालिङले जानकारी दिए ।

बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा राख्न माग गर्दै राजनीतिक दलका नेताहरुलाई नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले गठन भएको शान्तिपूर्ण नैतिक दबाव समितिले पहिलो चरणको कार्यक्रम अन्तर्गत संगठन विस्तार गर्ने क्रममा ताप्लेजुङमा समिति गठन गरिएको हो।

पहिचान सहित प्रदेश नं १ लाई ‘किरात सगरमाथा’ नामाङकन गर्न, गराउन लाई शान्तिपूर्ण नैतिक दबाब समितिले दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने, विभिन्न जिल्लामा संगठन निर्माण गर्ने कार्य भइरहेको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ३ : ०४ बजे