विराटनगर : विराटनगरमा पनि गाइजात्रा भव्यताका साथ मनाइएको छ ।
विशेष गरि नेवार समुदायमा वर्ष दिन भित्र देहावसान भएका आफन्तहरुको सम्झनामा सामुहिक गाईजात्रा पर्व मनाइएको छ । वर्ष दिनभित्र देहावसान भएका २७ जनाको गाईजात्रा निकालिएको हो ।
झी पुचः विराटनगरले आयोजना गरेको सो गाईजात्रामा कुमारी कन्या, लाखे नाच र झाँकी सहितको विभिन्न आकृतिमा सजिएका बालबालिका देखि युवाहरुको समुहले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।