इलाम : नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले फोनिजको २३ औं स्थापना दिवसको अवसरमा इलामका अग्रज पत्रकार सटेन्द्र जबेगुलाई पुरस्कृत गरिएको छ । फोनिज इलामले स्थापना गरेको आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार २०७९ बाट जबेगू पुरस्कृत भएका हुन् ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले दोसल्ला ओडाएर साथै सम्मान पत्र र नगद १० हजारको चेक हस्तानतरण गर्दै सम्मान गरेका थिए ।
इलाममा बसेर दुई दशकदेखि पत्रकारिता गरिरहेका जवेगू इलाम पोष्ट दैनिकका सम्पादक र इलाम आवाज साप्ताहिकका प्रकाशक समेत हुन् । जवेगूले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र इलामका अध्यक्ष भएर काम गरिसकेका छन् ।
यसैगरि फोनिज इलामले फोनिजमा आवद्ध भई जनप्रतिनिधिमा निर्वाचित र निजामति सेवामा प्रवेश गरेका पूर्व फोनिजकर्मीहरुलाई सम्मान पत्र र खदा ओढाएर सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा फोनिज इलामका सल्लाहकार एवम् सूर्योदय नगरपालिकाका प्रवक्ता ख्याम भुजेल, फोनिज इलामका सदस्य एवम् सन्दकपुर गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य कुमार गुरुङ, फोनिज सदस्य एवम् नासु पशु स्वास्थ्य प्राविधिक सुमन लावती र फोनिज सदस्य एवम् माईजोगमाई गाउँपालिकाका कम्प्युटर अपरेटर (पाँचौ तह) अशोक लिम्बूलाई रहेका छन् ।
कार्यक्रम प्रमुख अतिथि जयप्रकाश राई बिशेष अतिथि इलाम नगरपालिकाका प्रमुख केदार थापा, अतिथिहरु फोनिज प्रदेश १ का सदस्य अतित योङहाङ, फोनिज इलामका सल्लाहकार सोनु मुखिया, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, प्रेस चौतारी नेपाल इलामका अध्यक्ष भीम चापागाई, नेपाल प्रेस युनियन इलामका अध्यक्ष सविता पाण्डे, प्रेस मञ्च नेपाल इलामका सचिव काकीराम लावती, फोटो पत्रकार महासंघ इलामका अध्यक्ष राजेश पराजुली लगायत फोनिजका संघीय र प्रदेश प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जयप्रकाश राई, बिशेष अतिथि केदार थापा, पुरस्कृत व्यक्तित्व सटेन्द्र जबेगू, सम्मानितहरुको तर्फ बाट ख्याम भुजेल, अतिथिहरु अतित योङहाङ र विप्लव भट्टराईले मन्तव्य रखेका थिए । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ इलामले स्थापना गरेको पुरस्कार कोष मार्फत बर्सेनि एक जना आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गरिने फोनिज इलामका अध्यक्ष राम योङहाङले जनाएको छ ।
फोनिज इलामका अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष याम माबोहाङले स्वागत मन्तव्य तथा पुरस्कार र सम्मानको बारेमा प्रकाश पारेका थिए भने। सञ्चालन सहसचिव सृजना श्रेष्ठले गरेकी थिईन ।