९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

याक्थुङ लिम्बू कर्मचारी मञ्च तदर्थ समिति गठन l kiratsamachar



किरात समाचार : काठमाडौको चुम्लुङहिममा सार्वजनिक प्रशासनमा आबद्ध लिम्बू राष्ट्रसेवक कर्मचारीहरुको भेलाबाट याक्थुङ लिम्बू कर्मचारी मञ्च तदर्थ समिति गठन गरिएको छ ।

शुक्रबार काठमाडौको चुम्लुङहिम नखिपोट ललितपुरमा आयोजित भेलाले टार्जन कुमार लिम्बूको अध्यक्षतामा १७ सदस्यीय याक्थुङ कर्मचारी तदर्थ समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्ष ल्युमा सुब्बा ,महासचिव विशाल नेम्बाङ ,सचिव बिक्रम सम्बाहाम्फे ,कोषाध्यक्ष सम्झना लिङ्देन रहेको छ ।

यसैगरी सदस्यहरुमा सुजन फागो, राम मादेन, प्रविनहाङ योङहाङ, अमृत सम्बाहाम्फे ,भुवन कन्दङ्वा, टोपेन्द्र साँवा , फूलमाया मेन्याङ्बो ,सुनिता योङहाङ, अस्मिता सुब्बा , प्रकाश योङहाङ, लक्ष्मी सुहाङ, मनु कुमारी लिम्बू रहेको छ । त्यसैगरि राम मादेनको संयोजकत्वमा विधान मस्यौदा समिति समेत गठन भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ६ : २५ बजे