६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

कियाचु उर्लाबारी नगर अध्यक्षमा बानु सुब्बा निर्वाचित l kiratsamachar



उर्लाबारी । किरात याक्थुङ चुम्लुङ उर्लाबारी नगर समितिको अध्यक्षमा बानु सुब्बा निर्वाचित भएकी छिन् । शुक्रबार उर्लाबारी ७ दुर्गाबारीमा सम्पन्न भएको पाचौं कियाचु उर्लाबारी नगर अधिवेशनबाट सुब्बा निर्वाचित भएकी हुन् ।

अधिवेशनबाट समितिको उपाध्यक्षमा अमर सेलिङ, सचिव अन्जु सम्बाहाङफे , सहसचिव अम्बिका सेरेङ , कोषाध्यक्ष कर्ण मादेम्बा चयन भएको छ । यसैगरी सदस्यहरु भक्त तिलिङ , देउमान लिम्बू ,सुसन लिम्बू , धनराज कुरुम्बाङ निर्विरोध चयन भएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ११ : ४३ बजे