२ असार २०८१, शनिबार | Sat Jun 15 2024

नालीफुङवा पाङभे जाते अध्यक्षमा तुलक चेम्जोङ निर्वाचित



मोरङ । किरात साम्यो नालीफुङवा पाङभे पान्जुम्भो जाते मोरङको पाचौं सम्मेलनबाट अध्यक्षमा तुलक चेम्जोङ निर्वाचित भएका  छन् । शनिबार सम्पन्न सम्मेलनबाट चेम्जोङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।

सम्मेलनबाट उपाध्यक्षमा मुना मादी, सचिव सविता लिम्बू , सहसचिव मुना चेम्जोङ ,कोषाध्यक्ष रिया चेम्जोङ रहेका छन ।
यसैगरी सदस्यहरु आयुस्मा थेगिम , दिया राई , तनिसा चेम्जोङ , सुमित चेम्जोङ , मुस्कान चेम्जोङ , सलिना राई , हिस्तिका राई , बिकल इङनाम , सिमरन सिङघक , ओम खजुम निर्वाचित भएका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो मोरङ अध्यक्ष आकाश लङवा लिम्बू र अतिथिहरु नालीफुङवा मोरङ जिल्ला सदस्य धनकुमार वजी, रुपराज खजुम रहेको थियोे । सो कार्यक्रममा  जाते निवासी किरात धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ४ : १४ बजे