३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु



काठमाडौं । नेपालमा एकैदिनमा  ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चार हजार ८२९ परीक्षणमा  ४५५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ११ : ०४ बजे