२ असार २०८२, सोमबार | Mon Jun 16 2025

किरात माङसेसे हाङसाम माङहिममा मासिक सेवा



काठमाडौ – ललितपुरको महालक्ष्मी ८ लुभु ज्यासिरकोट स्थित रहेको किरात माङसेसे हाङसाम माङहिममा मासिक सेवा सम्पन्न भएको छ । शनिबार लुभु,ललितपुर स्थित रहेको हाङसाम माङहिममा मासिक सेवा लगाइएको हो ।

सेवाको आयोजना किरात धर्म तथा साहित्य उत्थान संघ नेवाला शाखा समिति , किरात साम्यो माङसेवासावा ललितपुर समिति, किरात धर्म तथा साहित्य उत्थान संघ ललितपुर शाखा समिति, किरात धर्म तथा साहित्य उत्थान संघ काटमाडौ शाखा समिति र किरात साम्यो माङसेवासाबा नेवाला पान्जुम्भो लगायतको संयुक्त आयोजनामा सेवा गरीएको हो ।

सो सेवामा प्रमुख अतिथि किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रिय अध्यक्ष डकेन्द्रसिङ थेगिम, विशेष अतिथि राजनीतिक बिष्लेशक भरत दाहाल , डा चन्द्र कुमार शेर्मा ,अतिथि किरात मोर्चाको वरिष्ठ उपाध्यक्ष नविन किराँतीले शुभकामना मन्तब्य राखेका थिए ।

यसैगरी सेवामा किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रिय अध्यक्ष डकेन्द्रसिङ थेगिम , राजनीतिक बिष्लेशक भरत दाहाल , डा चन्द्र कुमार शेर्मा ,किरात मोर्चाको वरिष्ठ उपाध्यक्ष नविन किराँती,उपाध्यक्ष गोपाल पुन ,महासचिव तेन्धङ मिभक किरात ,उपमहासचिव होम मगर बाग्लुङ सचिब ओम चौधरी , पुर्व अध्यक्ष प्रेम बेघा, पृथ्वी बेघा लगायत उपत्यकाका किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : १७ बजे