पुर्वेली लोक भाकामा सजिएको गीत ‘शिरफूल लै लै’ गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’ र गायीका स्मृति लिम्बूको आवाजमा सार्वजनिक गरिएको छ ।
गीतकार सुवर्ण नेम्बाङ यम्बेको शव्द, गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’को संगीत रहेको पुर्वेली गीत ‘शिरफूल लै लै’ को लिप्सिङ भिडियो गायक यादन सेर्मा लिम्बूको अफिसिल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पदम रजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ मुस्कान मुकारुङ राईले गरेका छन् ।
माया पिरतीका भावहरु झल्काउने शव्दभावहरु समावेश गरिएको गीतको भिडियोलाई छायाँकन तथा सम्पादन कृष्ण थलङ लिम्बूले गरेका छन् ।
भिडियो हेर्नुहोस…