काठमाडौ – लिम्बुवान अध्ययन केन्द्रले विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति –२०७९ अनुसन्धान प्रस्तावना अह्वान सम्वन्धि सूचना प्रकाशन गरेको छ ।
योग्यता पुगेको इच्छुक अनुसन्धान कर्ताहरु वा संस्थाले आगमी भदौ २५ गते सम्ममा अनुसन्धान प्रस्तावना पेश गरि सक्ने गरि अध्ययन केन्द्रले गत साउन २२ गते लिम्बुवान अध्ययन केन्द्रको वेबसाईडमा सूचना प्रकाशन गरेको हो ।
प्रकाशित सुचनामा लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित र व्यवस्थीत विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोषबाट याक्थुङ÷लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, धर्म, संस्कृति, मुन्धुम, इतिहास, आदिवासी ज्ञान, सीप, राजनीतिक, आर्थिक र शैक्षिक विषयहरूमा विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृति–२०७९ प्रदान गरिने भएकोले योग्यता पुगेको इच्छुक अनुसन्धानकर्ताहरु/संस्थाले लिम्बुवान अध्ययन केन्द्रको वेबसाईड www.limbuwanstudies.org मा दिइएको अनुसन्धान प्रस्तावना निर्देशिका अनुसार वा कार्यालयमा सम्पर्क गरी आवश्यक कागजपत्रसहित वा Email मार्फत एक प्रति MS Word / pdf file मा मिति २०७९ भदौ २५ गतेसम्म अनुसन्धान प्रस्तावना पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको उल्लेख गरिएको छ ।
अनुसन्धान–प्रस्तावना पठाउनको लागि
अनुसन्धान-प्रस्तावना-निर्देशिका-२०७८ pdf
लिम्बुवान अध्ययन केन्द्र
ललितपुर चुम्लुङ्हिम, ललितपुर–१४
Email : limbuwanstudies@gmail.com
Website: www.limbuwanstudies.org