२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ



काठमाडौ – नेकपा (माओवादी केन्द्र)ले २१ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिवसहित २१ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा रहेका छन् । त्यस्तै, महासचिवमा देव गुरुङ रहेका छन्, भने उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेतको नाम प्रस्ताव भएको छ ।

यता सचिवमा भने गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् ।

कोषाध्यक्षमा भने श्रीराम ढकाललाई बनाउने प्रस्ताव भएको छ । पार्टीको महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटीको बैठकबाट प्रचण्ड अध्यक्षमा चयन भएका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १ : ४५ बजे