१० असार २०८१, आइतबार | Sun Jun 23 2024

नेपालमा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि , दुइको मृत्यु



काठमाडौं – नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा नेपालभर एकै दिन थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३३७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ६७० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ८० जना र २ हजार ६६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ९९६ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ४ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार ६२५ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९२ रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ७७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७८ हजार ४२२ पुगेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  २ : १८ बजे