४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

माङ्सेबुङमा भूमिहीन र अव्यवस्थित बसोबास सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न



माङ्सेबुङ – इलामको माङ्सेबुङमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विषयमा एक दिवसीय अभिमुखिकरण कार्यक्रम शनिबार चतुरेमा सम्पन्न भएको छ ।

माङसेबुङ गाउँपालिकाकाे आयोजनामा र राष्ट्रिय भूमि आयोग इलाम जिल्लाको सहजिकरणमा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा तथा राष्ट्रिय भूमि आयोग इलाम जिल्ला अध्यक्ष भक्त केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापन विषयमा राष्ट्रिय भूमि आयोग इलामका विज्ञ सदस्य श्याम खड्कीले प्रष्ट पार्नु भएको थियो भने कार्यक्रम कार्यन्वयनको विषयमा राष्ट्रिय भूमि आयोग इलामका सदस्य  घनश्याम थापाले प्रष्ट पारेका थिए ।

छलफलमा नापी विभागका अधिकृत तथा राष्ट्रिय भूमि आयोग इलामका जिल्ला सदस्य ईश्वरले प्राविधिक विषयहरुमा सहजिकरण गरेको कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नहरुको सहजिकरण गर्दै कार्यक्रम सम्पन्न गर्नका लागि गरिनुपर्ने विषयहरुमा जिल्ला अध्यक्ष  केसीले प्रष्टाएका थिए  ।

कार्यक्रमलाई सम्बोधन गर्दै माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले यस कार्यक्रम सम्पन्न गर्नका लागि सबै माङसेबुङबासी तदारुक्ताका साथ लाग्नु पर्ने बताए ।

उहाँले भन्नुभयो ‘ निर्वाचको समयमा दलगत मुद्दाहरु उठाएर आए पनि भूमि व्यवस्थापनमा राजनीतिकरण नगरी सार्वजनिक सेवाको रुपमा समान सेवा प्रवाह गर्न जनप्रतिनिधिहरुलाई सुझाउनु भएको थियो । राजनीतिक आस्थाको भरमा जनताले पाउनु पर्ने सेवाबाट बन्चित गराउन नहुने बताए ।’

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापनको विषयमा माङसेबुङका जनताले प्राप्त गर्नु पर्ने जग्गाको विषयमा सबै दलका प्रतिनिधिहरु, सरोकारवाला, नागरिक समाज, बुद्धिजिविहरुलाई सहयोगको लागि अनुरोध समेत गरे ।

कार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, ५ नम्बर वडाध्यक्ष नरेन्द कुमार राईले आफ्ना कुराहरु राखेका थिए ।

कार्यक्रममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, राष्ट्रिय भूमि आयोगका सदस्य इन्दिरा ढकाल, राष्ट्रिय भूमि आयोग इलामबाट लक्ष्मण यादव, कुठ सुवेदी साथै वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, दलका प्रतिनिधिहरु, वडासचिवहरु, शाखागत कर्मचारीसाथिहरु साथै सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ११ : ०१ बजे