२ असार २०८१, शनिबार | Sat Jun 15 2024

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बनायो प्रदेश १ मा निर्वाचन परिचालन समिति



धरान – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेभएको छ । मञ्चले निर्वाचन आयोगमा पार्टी दर्ता गर्दै चुनावमा जाने निर्णय गरेको हो ।

मञ्चले गत शुक्रबार र शनिबार धरानमा प्रदेश नं. १ का सबै नेतृत्व, प्रदेश नं. १ समन्वय समिति, लिम्बुवान, खम्बुवान÷किरात, शेर्पालुङ र दलित मुक्ति मञ्चको संयुक्त बैठक बसेर विभिन्न समितिहरु समेत गठन गरेको छ । प्रदेश १ को कमाण्ड गर्नेगरी निर्वाचन परिचालन समितिको संयोजकमा मञ्चका संघीय महासचिव अशोक चेम्जोङलाई जिम्मेवारी दिइएको छ ।

बैठकले निर्णय गरेको उम्मेद्वार छनौट, गठबन्धन समन्वय, अनुशासन तथा अनुगमन र दलहरुसँग वार्ता गर्ने समितिको संयोजकमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्षहरु ज्ञानुहाङ इम्बुङ, एबी पन्धाक, महासचिव अशोक चेम्जोङ, उपमहासचिव यलम्बर खम्बु, सहसचिव रमेश गजमेर र लिम्बुवानका उपाध्यक्ष विष्णुमाया थापालाई दिईएको छ ।

यसरी नै मञ्चले प्रदेश १ निर्वाचन परिचालन समितिको संयोजक अशोक चेम्जोङ, सदस्यहरुमा थाङसाङ लावती, इन्दीरा मेन्याङ्बो, भविराज तुम्सा, विक्रम बराईली, लावाहाङ चेम्जोङ्, निमा शेर्पा, चन्द्रसिं नेम्बाङ्, पदम तामाङ्, लक्ष्मी मावो, गजेन्द्रमान चोङबाङ क्याक र रामचन्द्र थापा मगरलाई जिम्मेवारी दिएको छ । आर्थिक समितिमा भने एबी पन्धाक, भानु भट्टराई र दिलु लिङदेनलाई राखिएको छ ।

यस्तै प्रचारप्रसार उपसमितिको संयोजकमा लिम्बुवान महासचिव दिलकुमार लावतीलाई जिम्मेवारी तोकिएको छ भने सदस्यहरुमा सागर केरुङ्, सेसेहाङ् चोङबाङ्, साजन ताम्ली, पदम चेन्जी मावा, राजु राई, सुनिता केरुङ्, बलराम सदा, कल्पना कालिकोटेलाई जिम्मेवारी तोकिएको छ ।

मञ्चले प्रदेश नं. १ विरासत जोगाउन १४ वटा जिल्लाको २८ प्रतिनिधिसभा र ५६ वटै प्रदेश निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने जनाएको छ । प्रदेश १ मा थ्रेस होल्ड कटाउने गरीको तयारी, गठबन्धन, मोर्चा, तालमेल लगायत विविध विषयमा घनीभूत छलफल भएको बैठकले जिल्लाजिल्लामा परिचालन समितिहरु, क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा समेत समितिहरु गठन गरी चुनावमा सहभागी हुने जनाएको छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ११ : ३० बजे