काठमाडौ – नेपालले बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी दुइ देशबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।
सो समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।