१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

फक्ताङलुङ तिर्थयात्रामा जादा ध्यान दिनुपर्ने कुराहरु – kiratsamachar



भदाै देखि कार्तिक सम्म फक्ताङलुङ तिर्थ यात्राकाे समय हाे । किरात धर्मावलम्बीहरु लगायत दृश्य अवलाेकन आगन्तुकहरुको तात लाग्ने समय पनि हाे । फक्ताङलुङ विशेष गरि किरात सावायेतहाङ मेन्छाम्गेन नाम्याप्मि साहरुकाे चाेत्लुङ हाे । आफ्नाे मातृदेव पितृदेव पुजनिय पामाङ र मामाङहरुकाे बास स्थानकाे रुपमा हेरिने गरिन्छ ।

किरात धर्मावलम्बिहरु प्रत्येक बर्ष फक्ताङलुङ यात्राका लागि चाेखाे निताे साथ यात्रामा निस्किने गरेका छन । आफुलाई चाहिने सरसमान सहित प्रत्येक बर्ष स्वदेश बिदेशबाट हुलका हुल जाने गर्दछ । काेहि जहाँसम्म मोटर गाडी पुग्छ त्यहाँ सम्म जाने अनि पैदल यात्रा गर्ने गर्दछन भने काेहि सुरुवात देखिनै पैदल यात्रा गरेरै पुगेर आउने गरेका छन ।

विशेष गरि त्यहाँ प्रत्येक बर्ष किरातीहरु आफ्ना शक्ति पिठका रुपमा पुजिने मामाङ र पामाङकाे सेवा भक्तिका लागि जाने गरिन्छ । जीवनमा गरिएका नराम्रा पाप कर्महरु या जानेर वा नजानेर गरिएका कुकर्मबाट छुटकारा पाउ भनि माङसंग बिन्ति गरि सिद्धी शक्ति ज्ञान,विवेक ,चेतना, माङथिक हाङथिम, साथै माङसिङ निमा,हाङसिङ निप्माकाे लागि फुक्ताङलुङ यात्रा गरिन्छ । जुन सेवा गरिने स्थललाई मारुङ तेम्बे मारुङ तेम्बे भनेर चिन्ने गरिन्छ ।

 

फक्ताङलुङ तिर्थयात्राको सुरुवात

फक्ताङलुङ यात्रा बिषेश गरि महागुरु फाल्गुनन्दज्युबाट प्रराम्भ भएकाे थियाे बिक्रस बि.स १९९३/९४ देखि महागुरुज्युले फक्ताङफुङ यात्रा गरि लगभग ६/७पटक गर्नु भाे र सावायेतहाङका माङचाेत्लुङ हाङचाेत्लुङका लागि लामाे समय सम्म सेवा गर्नु भाे त्यस समय पछि निरन्तर रुपमा किरातीहरुकाे मुक्ति भुमिका रुपमा मानिदै आईरहेकाे छ ।

महागुरुले दिनु भएकाे उपदेशलाई अक्षरस साची राख्दै किरात भक्तजनहरु स्वदेश विदेशबाट जाने गरेका छन। महागुरुले पाउ राख्नु भएकाे पबित्र ज्ञानभुमि कर्मभुमि खत्रक्पा, माङसेबुङ,जितपुर,सिलौटि,लोब्रेकुटि, काबेली ,सिरिङचाेक सिदिङवा हुदै जाने गरिन्छ ।

छोटो दुरिको बाटो

अर्काे बाटाे सबै भन्दा सजिलाे सुबिधायुक्त बाटाे ताप्लेजुङ सदरमुकाम हुदै,हाङदेवा,फुरुम्बाे,लिमखिम, सिंवा,तावा,थिवा,छिरुवा,तापेथाेक,लेलेप लामाटार,आम्जिलेसा,फले,ग्याप्ला,घुन्सा हुदै सिधा बाटाे लागिन्छ । ताप्लेजुङ सदरमुकामबाट लगभग आउन जानका लागि ८ देखि ९ दिन लाग्छ त्यहाँबाट एकदिन सम्म गाडी यात्रा गर्न सकिन्छ । भने काबेली सिङवा जाने हाे भने २२ देखि १ महिना लाग्ने गर्छ ।

फक्तालुङ जादा आवश्यक सामाग्री बोक्ने

बाटाेमा हिड्दा केहि गर्मी भएता पनि माथी धेरै चिसाे हुने गर्छ त्याे चिसाेबाट बच्न ताताे जाडाेमा लगाउने न्यानो कपडा,टाेपी,माेजा,चस्मा ,ज्याकेट, टेन्ट ,स्लिपिङ ब्याग,ताताे पानी खाने थर्मस,थाल,मग,चम्चा चाहिन्छ । खानका लागि मकै,भटमास,चनामटर, मिक्स भएकाे साथु बाेक्नु,थेरै चामल,किस,मिस,भाेज चाउचाउ, चिउरा,नुन,अकबरे खाेर्सानी,सिन्की,गुन्द्रुक,साेयाबिन,चिनि,नरिवाल,लसुन,अदुवा,ल्वाङ मरिज बाेक्नु पर्छ ।

औषधि

साथै बाटाेमा आकस्मिक बिरामी भईन्छ त्यहाँको हावा पानीले गर्दा टाउकाे दुखेकाे,रिङगटा लाग्ने,बान्ता हुने,सास बडने।ज्वराे आउने हिड्दा खुट्टा दुख्ने पेट दुख्ने अँखा दुख्ने जस्ता हुन्छ । त्यस्को लागि औषधी बाेक्नु पर्छ ।

बाटोमा हिड्दा ध्यान दिनुपर्ने कुराहरु

यात्रा गर्दा सकभर धेरै ग्रुप टिममा यात्रा गर्नु राम्राे हुन्छ । जस्तै ६ देखि ७ जनाकाे टाेली राम्राे हुन्छ । यात्राकाे क्रममा धेरै माथि गएपछि सास बढ्न थाल्छ कसैकाे दम बढ्न थाल्छ । कसैलाई अक्सिजनकाे समस्या हुन्छ बिरामीलाई मकैकाे साथु अनुहार भरि दलि दिनु अनि बिरामीलाई तुरुन्त बाेकेर हुन्छ वा डोर्याएर उदै झार्नु पर्छ र एक देखि दुई पछि जानुपर्छ बिरामीलाई कदापी उभाे लाने काेशिश गर्नु हुन्न फेरी ठुलाे समस्या आउछ। यदि सकिन्छ भने राम्राे मान्छेले पनि भुटेकाे मकै टाेक्दै हिडेमा अक्सिजन प्राप्त हुन्छ ।

फक्ताङलुङमा यि कुरा गर्नु हुदैन 

यहाँहरु फक्ताङलुङ दर्शन जादा ध्यान दिनु पर्ने कुरा त्यहाँको भैरुङपाती,सुनपाती, जडिबुटी छुनु र काटनु हुदैन । बिभिन्न फुलहरु फुलेका हुन्छन टिपेर तुरुन्त नसुङनु हाेला बिहोस गराउछ । आफुले प्रयाेग गरेकाे फ्याकिएकाे प्लास्टिक जहितहि नफ्याक्नु हाेला ।

चौरिगाईको लागि नुन

फक्ताङलुङ दर्शनमा जादा हामी भक्तजनले अनिवार्य एक माना नुन एक सय आठ पैसा एक माना चामल चाैरी गाई र हेरुवाकाे लागि लानुपर्छ याे महागुरुज्युकाे सत्य बाचा बन्धन हाे । त्याे लगेर लाप्साङ लामाकाे छाेरी ज्वाईलाई जिम्मा लाउनु तकसुक हेरेर उपस्थिति जनाउनु हाेला याे तमसुक १९९३/९४ सालमा महागुरु र घुन्साका लामाबीच भएकाे सम्झाैता तमसुक हाे । याे उटुक लामाकाे घरमा सुरक्षित छ ।

यहाँहरु फक्ताङलुङकाे सेवा सकिएपछि फर्किन्दा महागुरुले टेक्नु भएकाे धार्मिक स्थल तागेरा निङवाभू माङयक दर्शन गर्न निस्किनु हाेला र सावायेतहाङ माङगेन्ना लुङधुङ खाम्बुलिङ नाहाङमा यकलाई पनि दर्शन गर्नु हाेला ।

ज्ञानु फुरुम्बोको समाजिक सन्जालबाट 

 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ८ : ०४ बजे