२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

कियाचु तेह्रथुमले स्थापना दिवसमा पुरस्कार वितरण गर्ने | kiratsamachar



तेह्रथुम – किरात याक्थुङ चुम्लुङको ३४औ स्थापना दिवसको सुवर्ण अवसरमा विगत वर्षहरुमा झै वितरण गर्दै आइरहेको विभिन्न पुरस्कार तथा छात्रवृत्ति (कुबेर पुर्नवती कन्दङवा स्मृति पुरस्कार) बाहेक अन्य पुरस्कारहरु नियमित रूपमा भाद्र १७ गते वितरण गर्ने जनाएको छ ।

लिम्बू समुदायको हकहितका निम्ति स्थापना भएको यस संस्थाले लिम्बु भाषा, लिपि, साहित्य, संस्कृति, गीत संगीत, समाजसेवा, भुमी अधिकार तथा राजनैतिक अधिकारका निम्ति उल्लेख्य योगदान पु¥याउने लिम्बू व्यक्तित्वहरु तथा शिक्षाको क्षेत्रमा अध्ययनरत उत्कृष्ट, जेहेन्दार विद्यार्थीहरुलाई संमान तथा पुरस्कृत गर्ने शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार कियाचु डम्बर फममाया तेयुङ स्मृती पुरस्कार डेनि इम्समलाई दिने जनाइएको छ । यसैगरी कियाचू इजरायलद्वारा प्रदान गरिन छात्रवृत्ति पुरस्कार स्वरस्वती आबि म्याङ्लुङ ६ की रेनुका आपागाइ र सिंहबाहिनी आवि फेदाप १ की कोपिला लिम्बु दिने वताइएको छ ।

यसरी नै देवि बहादुर आङबुङ स्मृति कोष जेहेन्दार छात्रवृत्ति पुरस्कर त्रिमोहन मावी आठराइ १ रोशन इङनामले पाउने भएका छन् भने सम्झना लिम्बू महेन्द्र मावी आठराइ २ र गंगा प्रसाद सेने सिंहदेवी माबी लालिगुरास ६ लाई याक्थुङ सहयोग कोषद्वारा प्रदान गरिने पुरस्कार दिईने कियाचू तेह्रथुम अध्यक्ष सेसेहाङ चोङबाङ्ले बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १ : ०५ बजे