काठमाडौ – मदन पुरस्कार गुठिले २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह ‘अग्नि’लाई दिने निर्णय गरेको छ । अध्यक्ष कुन्द दीक्षितका अनुसार मदन पुरस्कार गुठीको साधारण सभाले ‘अग्नि’लाई दिने निर्णय गरेको हो ।
यसैगरी २०७८ सालको जगदम्बा–श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठले पाएका छन् ।
दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ । दुवै पुरस्कार घटस्थापनाको भोलिपल्ट प्रदान गरिने अध्यक्ष दीक्षितले बताए ।