३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

सयङद्वारा लाओती जनप्रतीनिधिहरुलाई सम्मान | kiratsamachar



दमक – पापोहाङ लाओती सयङ केन्द्रिय कार्यसमितिले गत  बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा निर्वाचित लाओती जनप्रतीनिधिहरुलाई सम्मान गरेको छ ।

सयङका केन्द्रिय सल्लाहकार खड्क सुन्दर लाओतीको प्रमुख आथित्यता शनिबार दमकको किरात भवनमा लाओती सयङ केन्द्रीय समितिको आयोजनामा , प्रवास समिति पापोहाङ लाओति सयङ दक्षिण कोरिया र पापोहाङ लाओति सयङ हङ्कङ्को आर्थिक सहयोगमा सयङको बार्षिक साधारण सभाको अवसर पारेर नव निर्वाचित स्थानीय तहका लाओति जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा लेटाङ नगरपालिका मेयर भुपेन्द्र लाओती, पाँचथरको कुम्मायक गाउपालिका अध्यक्ष बम प्रसाद लाओती इलामको चुलाचुली गाउपालिका उपाध्यक्ष दिल कुमारी लाओती, वडाध्यक्ष – ७ जना, वडा सदस्य – ७ जना गरि जम्मा १७ जना स्थानिय तहका जनप्रतिनिधिहरुलाइ सम्मान गरेको सयङका महासचिव कान्छा लाओतिले जानकारी दिए ।

सयङको अध्यक्ष जितबहादुर लाओतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव कान्छा लओतिले संचालक गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १ : १८ बजे