१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

आज हरितालिका तीज देशभर हर्षोल्लासका साथ मनाईदै | kiratsamachar



मोरङ – हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी हरितालिका तीज पर्व आज देशभर हर्षोल्लासका साथ मनाउदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

तीज पर्व तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवानकाे पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।                                                                                                            धर्मशास्त्र अनुसार तीज                                                                                     सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  २ : ३२ बजे