१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

संलोराम अध्यक्ष लिङ्देन पाँचथरबाट चुनाव लड्ने



पाँचथर – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल पाँचथरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश निर्वाचनको लागि उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ ।

लिम्बुवान मञ्चको मंगलबार फिदिममा बसेको जिल्ला बैठकले उम्मेदवारहरुको नामावली संघीय कार्यसमितिलाई सिफारिस गरेको हो । प्रत्यक्षतर्फ प्रतिनिधिसभा,समानुपातिक र प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिक उम्मेदवारीहरुको नामावली सिफारिस गरिएको छ ।

लिङ्देन पाँचथरबाट चुनाव लड्दै 

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल पाँचथरले प्रतिनिधिसभा संघीय सांसदको उम्मेदवारमा केन्द्रीय अध्यक्ष कुमार  लिङ्देन र संघीय सहसचिव सागर केरुङ्को नाम सिफारिस गरेको छ । यसअघिको निर्वाचनमा पनि पाँचथरबाट चुनाव लडेका लिङ्देन यसपटकको प्रतिनिधिसभा र प्रदेश सभा २०७९ को चुनावमा  पाँचथरबाट उम्मेदवारी दिने भएका छन् । सलोराम,लिम्बुवान प्रान्तीय मञ्च पाँचथरले संघिय सांसदको लागि लिङ्देन र केरुङको नाम सिफारिस गरेको हो ।

त्यस्तै प्रदेश निर्वाचनको लागि पाचथर क्षेत्र नम्बर ‘क’ मा जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, प्रान्तीय उपाध्यक्ष रामकुमार लिङ्देन, संघीय सदस्य देउकुमार नेम्बाङ, संघीय लेखक मञ्चका अध्यक्ष तथा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक मधुराज केरुङ, जिल्ला सचिव सुबास केरुङ नुनामको नाम सिफारिस गरेको छ भने प्रदेश निर्वाचनको लागि पाचथर ‘ख’ मा संघीय सचिव लाबाहाङ चेम्जोङ, जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, प्रकाश अधिकारी र लोकमान सेर्मा रहेको छ ।

संघीय समानुपातिक तर्फ सुशिला राई, भक्तिप्रसाद नेम्बाङ रहेको छ । त्यस्तै प्रदेश समानुपातिकमा सुनिता केरुङ,मान बहादुर हेम्ब्या, टिका राई , सिंहराज नेम्बाङ सिफारिस गरिएको जिल्ला अध्यक्ष आङ्देम्बेले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ३ : ०८ बजे