४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

लहानसिंह तुम्बापो मञ्चमै फर्किए | kiratsamachar



दमक – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संस्थापक केन्द्रीय सदस्य जनता समाजवादी पार्टी परित्याग गरी पुनः मञ्च मै फर्किएका छन् । बुधबार शिवसताक्षी स्थित दुधे सैनिक भवनमा आयोजित कार्यक्रममा मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले खादा ओडाएर मञ्चमा स्वागत गरेका हुन् ।

 

मञ्चमा प्रवेश गर्दै तुम्बापोले –‘जसपामा टुटफूट हुँदै आ–आफ्नो गुटउपगुट बनाउँदै तित्तरवित्तर भएपछि आफू पुनः मञ्च मै फर्किएको स्पष्ट पारे । उनले थप भने लिम्बुवान धेरैपटक टुटफूट भएपनि अध्यक्ष लिङदेनले पार्टीलाई निरन्तर हाकेर लगेको प्रति आफू विस्वस्त बन्दै पुनः मञ्चमा आएको बताए ।

लामो समय मञ्च बाहिर रहेर मञ्चको गतिविधि नियाली रहँदा अन्ततः मञ्च मै आउने निर्णय गरेको बताउँदै तुम्बापोले भने उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्को आग्रहलाई स्वीकार गर्दै आज मञ्चमा फर्किएको बताए । मञ्चको संस्थापककालिन नेता तुम्बापोले एकात्मकवादीहरुलाई परास्त गर्न अब मञ्चले थप कार्यक्रमहरु शसक्त बनाएर लानु पर्नेमा जोड दिएका छन् ।

तुम्बापो सँगै मञ्चमा चन्द्र सिं नेम्बाङ, टिका थेवे, हृदय चौधरी, शेर बहादुर नाल्बो, सरमान बिक, गणेश बहादुर श्रेष्ठ, किरात ताम्लिङ लगायत १७ जना विभिन्न पार्टी परित्याग गरि मञ्चमा प्रवेश गरेका छन् ।

संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला कार्य समिति झापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन सम्बन्धी संयुक्त छलफल तथा विभिन्न समिति गठन कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष लिङदेनले पुनः पार्टीमा आउने भएका तुम्बापोलाई स्वागत गर्दै नवप्रवेशी सबैलाई पार्टीले जिम्मेवारी दिने प्रतिबद्धता गर्दै आगामी मंसिर ४ को निर्वाचनमा जुट्न सबै नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

यसैगरी कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, संघीय महासचिव अशोक चेम्जोङ, प्रान्तीय उपाध्यक्षहरु यलम्बर खम्बू, थाङहाङ लावती, विष्णुमाया थापा भट्टराई, प्रान्तीय महासचिव दिलकुमार लावती, लक्ष्मी मावो, प्रान्तीय सचिव भक्त मेन्याङबो, राजु राई, धनबहादुर पन्धाक, मोहन मावो लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ११ : २८ बजे