काठमाडौ – काठमाडौ महानगरपालिकाको भृकुटीमण्डपमा रहेको फनपार्कले काठमाडौं महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ ।
काठमाडौ महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले मनोरन्जन कर बिहिवार महानगरलाई बुझाएको हो । मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन करमात्र महानगरलाई बुझाइएको छ । त्यस्तै समाज कल्याण परिषद्लाई तिर्ने गरी बहाल कर सम्झौता भएको छ । फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ। व्यवसाय कर भने वडामा बुझाउनु पर्ने नियम रहेको छ।
समाज कल्याण परिषदले ६० रोपनी जग्गा फनपार्कलाई भाडामा बुझाएको छ । फनपार्कले विगत ७ वर्षदेखि कर तिरेको थिएन । अल्टिमेटमपछि बिहीबार फनपार्कले मनोरञ्जन कर मात्र बुझाएको छ ।