२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

कियाचु ताप्लेजुङले ३४ औ स्थापना दिवस मनायो | kiratsamachar



ताप्लेजुङ – किरात याक्थुङ चुम्लुङ्को ३४औँ स्थापना दिवस ताप्लेजुङ जिल्लामा विविध कार्यक्रमसहित मनाइएको छ ।

ताप्लेजुङको फुङ्लिङस्थित लिटलबुद्द बोर्डिङ स्कूलको सभाहलमा शुक्रबार ३४ औ स्थापना दिवस मनाइएको हो । शुभकामना तथा छात्रवृत्ति कार्यक्रम अन्तर्गत याक्थुङ सहयोग कोषबाट श्री भानु मावि कक्षा १० कि जिना लिम्बुलाइ रु ५ हजार र प्रमाणपत्र, सिवा मावि कक्षा ९ का वसन्त लिम्बुलाइ रु ५ हजार कियाचु इजरायलद्वारा जनकल्याण मावि कक्षा ६ का अनुपा लिम्बुलाइ १० हजार र थेचम्बु मावि कक्षा ४ का सन्जिव विकलाइ रु ८ हजार सहित छात्रवृत्ति वितरण गरिएको हो ।

राष्ट्रिय चुम्लुङ सदस्य तथा लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय उपाध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य ठाकुर साम्सुहाङ, लिम्बुवान प्रदेश समिती सदस्य धिरमाया इजम, किरात धर्म तथा साहित्यिक उत्थान संघका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वा, सिवा माविका प्रधानाध्यापक ओमनाथ गौतम, जिल्ला खेलकुद विकास समिति अध्यक्ष गणेश माबो, लिम्बु साँस्कृतिक परिषद पान्थर अध्यक्ष डिआर हाङ्सरुम्बा लगायतले शुभकामना ब्यक्त गरेको जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ११ : ५५ बजे