काठमाडौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले कक्षा १२ को ग्रेडिङ पद्धति २०७८ परीक्षाफल शुक्रबार सार्वजनिक गरेको हो ।
यसबर्ष परिक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
कक्षा १२ को नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । त्यस्तै ४ जिपीए ल्याउने बिद्यार्थी संख्या शून्य रहेको छ ।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको ।
नतिजामा एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।
परीक्षाफल यसरि हेर्नुहोस
१. राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np
२. नेपाल टेलिकमको website : www.neb.ntc.net.np
SMS सेवा :
१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा SMS गर्ने ।