१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

तेह्रथुममा कियाचुको ३४ औ स्थापना दिवस कार्यक्रम मनाइयो



तेह्रथुम – लिम्बुवान स्वायत्तता,हाम्रो प्रतिबद्धता भन्ने मुल नाराकाे साथ किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले ३४ औ स्थापना दिबस शुभकामना आदानप्रदान एवं छात्रवृत्ति बितरण तथा सम्मान कार्यक्रम आज शुक्रबार सम्पन्न गरेकाे छ।

तेह्रथुमको मेयङलुङस्थित उद्योग वाणीज्य संघकाे सभाहलमा भएकाे कार्यक्रममा कियाचु कल्याणकोष ईजरायलबाट सरस्वती आधारभूत बिधालयका छात्रा रेनुका र सिहबाहिनी आधारभूत बिधालयका छात्रा सम्झना लिम्बुलाई रु १०/१० हजार रुपैयाँ छात्रवृत्ति पुरस्कार वितरण गरिएको छ ।

यस्तै कियाचु सहयाेगकषबाट महेन्द्र मा बि आठराई २ का छात्रा सम्झना लिम्बू र सिहदेबी मा बि लालीगुरास नगर पालिका ६ सुङनाम मंगलबारेका छात्र गंगा प्रसाद सेनेले ५ /५ हजार रुपैयाँ छात्रवृत्ति प्राप्त गर्नुभएकाे छ । भने देबि बहादुर अाङबुङ स्मृतिकाेषबाट त्रिमाेहन मा बि का छात्र राेषन ईङनामले १० हजार प्राप्त गर्नुभएकाे छ। यसरीनै कियाचु डम्बर फममाया तेयुङ चाेङबाङ स्मृती सहित्य पुरस्कार यस बर्ष लिम्बू गायिका डेनी ईम्साेङले नगद रू ३० हजार ५ रूपैया नगद सहित प्रदान गरिएको छ ।

त्यसैगरी स्थानीय तह २०७९ मार्फत निर्बाचीत जनप्रतिनिधि चुम्लुङका पूर्ब सल्लाहकार तथा मेयङलुङ नगर पालीकाकाे नगर प्रमुख सन्जय कुमार तुम्बाहाङफे, पुर्व जिल्ला सदस्य तथा छथर गाउपालिका अध्यक्ष सन्तोस तिगेला, चुम्लुङ सल्लाहकार तथा आठराई गाउपालिका वडा न १ का वडा अध्यक्ष प्रेमराज फाेम्बाे छथर चुम्लुङ एकाई समितीका अध्यक्ष तथा छथर गाउपालीका वाड न ५ का वडा अध्यक्ष थानाहाङ तिगेलालाई खादा र सम्मान पत्रले सम्मान गरिएकाे छ। सभ्य र भव्य रूपमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी मेयर संजय तुम्बाहाङ्फेले चुम्लुङ्को हरेक अभियानमा नगरपालिकाले सहयोग गर्ने वचन वद्वता व्यक्त गर्नु भयो ।

विशेष अतिथि मुटुरोग विशेषज्ञ डा. युवराज तेयुङले पहिचान, अस्तित्व र भाषा प्रती चुम्लुङ बृहत बनेर अघि बढ्नुपर्ने बताउनु भयो । चुम्लुङ कर्मकाण्डी मात्र नबनेर राजनैतिक अधिकारका निम्ति जस्तोसुकै कुटनैतिक तथा रणनीति अभियानमा लाग्नुपर्ने सुझाव व्यक्त गर्नुभएको थियो । तेयुङले नै कियाचु डम्बर फममाया तेयुङ चोङबाङ स्मृति कोष तेह्रथुम स्थापना गर्नुभएको हो । त्यसैगरी वडा अध्यक्षहरुको तर्फबाट आठराइ गाउपालिका वडा नं. १ का वडा अध्यक्ष प्रेमराज फोम्बो, चुम्लुङ कर्मिको तर्फबाट टंकमाया तिगेला, सहकारीका तेजमान कन्दङवा, क्याम्पसको तर्फबाट गोविन्द सोदेम्बा, प्रधानाध्यापकको तर्फबाट भुवान सिं चोङबाङ लगायतले बोल्नुभएको थियो । स्थापना दिबसकाे अबसरमा लिम्बू बिध्यार्थी मञ्चले नृत्य,कियाचु डम्बर फममाया तेयुङ चाेङबाङ स्मृती सहित्य पुरस्कार बिजेता लिम्बू गायिका डेनी ईम्साेङले गीत र स्थानीय साम थाम्देन थाङबेनले लिम्बुभषाकाे कविता वाचन गरेर प्रस्तुत गर्नुभएकाे चुम्लुङ तेह्रथुमका सचिब राजकुमार तेयुङले जानकारी दिनुभयाे । कार्यक्रम मेयङलुङ नगर पालीकाकाे प्रमुख सन्जय कुमार तुम्बाहाङफेकाे प्रमुख आतिथ्य तथा किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चाेङबाङकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  २ : ५४ बजे