८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

कियाचु साँस्कृतिक परिषद पाँचथरको चौथो अधिबेशन आयोजक समिति गठन



पाँचथर – किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद पान्थरको चौंथो अधिबेशन आयोजक समिती गठन गरेको छ ।

पाँचथरको फिदिमस्थित होटल सिङ्गापुरको सभाहलमा शनिबार जिल्ला अध्यक्ष डिआर हाङ्सरुम्बाको संयोजकत्वमा १५ सदस्यीय अधिबेशन आयोजक समिती गठन गरेको हो ।

सहसंयोजकमा सुबास केरुङ ‘नुनाम’ र सदस्य सचिवमा निसाम तुम्बापोलाई चयन गरिएको छ ।

सदस्यहरुमा राहुल जबेगु, सम्झना योङ्हाङ, लिलाप्रकाश जबेगु, अजित योङ्या, सुरेन्द्र केरुङ, शंकर आत्मा, रश्मि माबो आङ्देम्बे, इक्सा लोवा, अमृता जबेगु, बिबेक हाङ्सरुम्बा, दिनेश केरुङ, सौगात आङ्देम्बे, काजिमान माबो र कर्मचन्द्र नेम्बाङ रहेको छ ।

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषदका केन्द्रीय उपाध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा लिम्बुवान प्रदेश समितीका मुख्य सचिव नरेन्द्र केरुङ, जिल्ला अध्यक्ष महेन्द्र आङ्देम्बे, वरिष्ठ उपाध्यक्ष सुरेन शिशिर केरुङ, सहसचिव गणेश तुम्रोक, फेदेन नगर अध्यक्ष देउकुमार नेम्बाङ लगायतको उपस्तिथिमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  २ : ०० बजे