२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

विश्वशान्तिको कामना गर्दै काठमाडौमा उपत्यकाव्यापी लाधुङसेमी सेवा सम्पन्न | kiratsamachar



काठमाडौ – विश्वशान्ति तथा मानव एकताको निमित्त किरात धर्मावलम्बीहरुले काठमाडौमा उपत्यकाब्यापी येतलाधुङसेमी उधौली सेवा लगाइएको छ।

किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको प्रमुख आयोजनामा र किरात धर्म तथा साहित्य उत्थान संघ नेवाला पान्जुम्भो लगायत किरातजन्य संस्थाहरुको सहआयोजनामा काठमाडौको पशुपतिक्षेत्र गुह्येश्वरी मन्दिर छेउ बागमती किनारमा शनिबार उपत्यकाब्यापी लाधुङसेमि उधौली सेवा लगाइएको हो।

किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोका वरिष्ठ सल्लाहकार सुर्यबिक्रम चेम्जोङद्वारा दिप प्रज्वलन गरि लाधुङसेमी सेवाको समुद्घाटन गर्नुभएको थियोे । नेवालाकै अध्यक्ष हरि थक्लिहाङको प्रमुख संयोजनमा निस्सेसेक्खामाङ बाचन गर्दै सुरु भएको सेवामा उपत्यकाकै तुम साङ्दाङ्गेन वारुम्साबा दुनिन्द्र सेर्मा ,माङ्सेवासाबाहरु सरिता लावती,राजा माबोहाङ,मदन खालिङ,अर्जुन सेर्मा,सरस्वती सेर्मा,राम प्रसाद योङ्हाङ,बिपि बेघा,शुभलक्ष्मी राई बेघा,चन्द्र तुम्बापो, मनमाया वनेम,राजकुमार आङ्देम्बे ,मान बहादुर तबेबुङ,पितम प्रसाद देवान लगायत माङसेवासाबाहरुले मुन्धुम वाचन गरेका थिए ।

यसैगरी सेवामा मुन्धुमबिद,ज्योतिषबिद डा.चन्द्र कुमार शेर्मा ,गोरखनाथ गुरु आनन्दनाथ खनाल,बाल तपस्वी बालमुकुन्द ,किरात धर्म तथा साहित्य उत्थान संघ नेवाला पान्जुम्भोका अध्यक्ष जीवन कुमार सुनुवार,शब्दीगुरु किरात माङ्सेसे हाङ्साम माङ्हिमका अध्यक्ष ज्ञानु इजम, काठमाडौ समिति ,ललितपुर,भक्तपुर समितिका अध्यक्षहरु सुर्यराज मादेन,बिपि बेघा,गजेन्द्र फियाक,भक्तजन स्वयंसेवक प्रती विशेष धन्यवाद ,डम्बर शेर्मा,पदम लिङ्देन ,बिमला येङदेन,दङगध्वज खोयाहाङ किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो, विश्व-हिन्दु युवा संघको अध्यक्ष ऋषीकेश जंङ शाह ,किरात मोर्चाको कार्यसमिति नवीन किराती,गोपाल पुन,अधिबक्ता मनिष कुमार श्रेष्ठ ,सेभेन स्टर माया गुरुङ, गायक ब्रबिम सेर्मा,जेपि नेम्बाङ,लेखनाथ चेम्जोङ, फक्ताङ्लुङ सयङका केन्द्रिय अध्यक्ष यादन सेर्मा लगायत सन्चारकर्मी धन बहादुर फागो, समाजसेवी जङग राई,विद्यार्थी नेता नन्द कुमार राई लगायतको उपस्थिति रहेको थियो।

सेवामा उपत्यकामा रहेका किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियोे । सेवामा आर्थिक सहयोग गर्ने सहयोगदाता,माङ्सेवासाबा,स्वयंसेवकहरुलाई आयोजकको तर्फबाट धन्यवाद पत्र प्रदान गरेको थियोे । सेवाको अनौपचारिक संचालन मिडियाकर्मी तथा माङ्सेवासाबा राजेन्द्र केरुङ ले सन्चालन गरेका थिए ।

 

 

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १२ : १० बजे