४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक | kiratsamachar



मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेका मुख्यमन्त्री राईकी आमा ८४ वर्षीया धनकुमारी राईको आज (सोमबार) बिराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार राईको बिहान १०ः२५ बजे निधन भएको हो । राईका श्रीमान नरेन्द्रबहादुर राई, जेठा छोरा रामकुमार राई, माहिलो छोरा ध्यानकुमार राई कान्छा छोरा मुख्यमन्त्री राई छन् भने एक छोरी मालादेवी राई छिन् ।

भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउपोखरी बस्दै आएकी राईकी ८४ वर्षीया आमा धनकुमारीको स्वास्थ्यमा समस्या देखिएपछि केहि दिन अघि उपचारको लागि हेलिकप्टर चार्टर गरेर विराटनगर ल्याइएको थियो ।

सचिवालयले जनाए अनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारको लागि सोमबार नै भोजपुर लगिने छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १२ : ५३ बजे