दमक – लिम्बू भाषा अध्ययन गर्ने छात्र छात्राहरुलाई किरात याक्थुङ् चुम्लुङको ३४औं स्थापना दिवसको पावन अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ ।
सोमबार दमक नगरपालिका वडा न.७ मा रहेको श्री पृथ्वी मा. वि. को सभाहलमा किरात याक्थुङ् चुम्लुङ पूर्व केन्द्रीय उपाध्यक्ष तथा जिल्ला सल्लाहकार समाजसेवी धिरेन लाओतीको प्रमुख आतिथ्यतामा श्री पृथ्वी मा. वि. मा लिम्बू भाषा अध्ययन गरिरहेका ९० जना विद्यार्थी/छात्रछात्राहरुलाई किरात याक्थुङ् चुम्लुङको ३४औं स्थापना दिवसको पावन अवसरमा शैक्षिक सामग्री वितरण गरेको हो ।
कार्यक्रममा कियाचु संघीय सदस्य इक्सा सम्बाहाङ्फे, दमक नगरपालिका वडा न.ं ७ का वडा अध्यक्ष भिमप्रसाद पौड्याल, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, पृथ्वी मा.वि. व्यवस्थापन समिति अध्यक्ष मोहन कुमार थापा, पृथ्वी मा. वि. का प्रधानाध्यापक विष्णुकुमार राई लगायतले लिम्बू भाषा अध्ययन गरिरहेका ९० जना छात्रछात्राहहरुलाई शैक्षिक सामग्री र सेसेमी से–नाल्वोद्वारा लिखित लिम्बू भाषा वर्णमाला संयुक्त रुपमा वितरण गरेका थिए ।
कार्यक्रममा कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओती, दमक ७ नं. वडाध्यक्ष भिमप्रसाद पौड्याल, कियाचु केन्द्रीय सदस्य इक्सा सम्बाहाङ्फे, कियाचु राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सङबाङ्फे, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, याक्थुङ् लेखक संघ केन्द्रीय कोषाध्यक्ष साङ्सेन पंधाक, पृथ्वी मा.वि.का प्रधानाध्यापक विष्णुकुमार राई, पृथ्वी मा.वि. मा कार्यरत लिम्बू भाषा शिक्षक दिपेन्द्र सेलिङ लगायतले लिम्बू भाषाको अध्ययनले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्राप्तिमा बल पुग्ने कुरामा जोड दिनुहुँदै स्थानीय सरकार, विद्यालय र अभिभावक मिलेर विद्यालयमा लिम्बू भाषा लगायत अन्य भाषालाई समेत यसरी अध्ययन गराउँदै जाने वातावरण निर्माण गर्न सके जातिय सद्भाव, भाषिक सद्भाव र मेलमिलाव बढ्दै जानेछ भन्ने कुरामा जोड दिनु भएको थियो ।
भाषा कसैको पेवा नुहने कुरा प्रष्ट पार्नुहुँदै वहाँहरुले विभिन्न अवसर पारेर संघ–संस्थाले शैक्षिक लगायत अन्य विविध कुरामा यस विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई यसरी प्रोत्साहन गर्दै लैजान सके निश्चय पनि भाषाको विकास हुँदै जाने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ् झापा जिल्ला शाखा अध्यक्ष सेसेहाङ् फियाक, कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्, लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक झापा कुलपति सेसेमी सेनाल्वो, लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक झापा प्राज्ञ अर्थ रचना लाओतीको समेत उपस्थिति रहेको थियो ।
सामुदायिक विद्यालयमा ऐच्छिक विषय लिम्बू भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुको मनोवल उच्च बनाउन प्रोत्साहन गर्नको निमित्त किरात याक्थुङ् चुम्लुङको ३४औं स्थापना दिवसको पावन अवसरमा सामग्री वितरण गरिएको कियाचु जिल्ला अध्यक्ष सेसेहाङ फियाकले वताए ।
कार्यक्रम पृथ्वी मा.वि. विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम पत्रकार / लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक झापा प्राज्ञ सचिव डिल्लीश्वर मुसाहाङ् अम्याङ्साले संचालन गरेका थिए ।
कार्यक्रम किरात याक्थुङ् चुम्लुङ झापा शाखा, कियाचु दमक नगर शाखा र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक झापाको संयुक्त आयोजनामा सामग्री वितरण गरेको हो ।