२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

लिम्बुवान मञ्चको फिदिम नगर अधिबेशन आयोजक समिती गठन



पाँचथर – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको फिदिम नगर समितिको अधिबेशन आयोजक समिती गठन गरेको छ ।

फिदिमस्थित होटल सिङ्गापुरको सभाहलमा सम्पन्न भेलाले मंगलबार चौथो नगर अधिबेशनको लागि देउकुमार नेम्बाङ्को संयोजकत्वमा १५ सदस्यीय आयोजक समिती गठन गरिएको छ ।

त्यस्तै सहसंयोजकमा बीरबहादुर केरुङ, याम नेम्बाङ, सदस्यसचिवमा दिल तुम्रोक, सहसचिवमा सरोज कुगेनाम्बा, अर्थसचिवमा पुर्ण तुम्बापोलाइ चयन गरिएको छ ।

सदस्यहरूमा सुरेन्द्र सावाँ, मनप्रसाद तुम्बापो, सुमन हाङ्सरुम्बा, नुमा एक्तेन गौरव हाङ्सरुम्बा, सीता खवास, बिरेन्द्र आङ्बो, सदाम फागो, लक्षुमन तुम्बापो रहेका छन  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सहसचिव सागर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रान्तीय उपाध्यक्ष रामकुमार लिङ्देन, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १ : ४२ बजे