काठमाडौ – नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक बिजेता भारतले विजयी सुरुवात गरेको छ ।
काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुधबार पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुवात गरेको हो ।
भारतको जितमा ग्रेस डाङमेई र सौम्याले एक एक गोल गरे भने, एक गोले आत्मघाती गोलको उपहार पएको थियो । जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमै ३ अंक जोडेको छ । पाकिस्तानले भन हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।