१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

नेपालमा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि , एकजनाको मृत्यु



काठमाडौं  –  नेपालमा कोरोना संक्रमितहरुको संख्या  पछिल्लो २४ घण्टामा मुलुकभर थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१ हजार ५१८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ३७ जना र २ हजार ८८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४९ हजार ७५३ पुगेको छ ।

नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ४७३ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १० पुगेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८३ हजार ९४९ पुगेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ११ : ०५ बजे