केराबारी – संघीय लोकतान्त्रिक राष्टिय मञ्च सम्बद्ध संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल केराबारी गाउँपालिकामा मञ्चको समिति गठन भएको छ । केराबारी १० स्थित जुेनली चोकमा मञ्चका संघीय महासचिव अशोक चेम्जोङको प्रमुख आतिथ्यतामा नयाँ समिति चयन गरिएको हो ।
मोेरङ जिल्ला अध्यक्ष जीवन खेवाको सभाध्यक्षतामा भएको सो भेलाले चेम्जोङ्को अध्यक्षतामा २४ सदस्यीय नयाँ समिति बनेको हो । समितिको उपाध्यक्षमा युकेश लिम्बु, सीता लिम्बु र चन्द्रबहादुर आङ्बो, सचिवमा वेगेन्द्र लिम्बु (वेदन) र अर्थसचिवमा जिवन लावती चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा जोन राई, मिलन राई, धीरज थेगिम, सुनिता लिम्बु, बसन्त लिम्बु, विमल लिम्बु, मौसम चेम्जोङ्, केशर चेम्जोङ्, अनिता लिम्बु, डगलसिं लिम्बु, टंकमाया चेम्जोङ्, चेतन मगर, धन बहादुर लिम्बु, रुपेश श्रेष्ठ, विनाकुमारी लिम्बु रहेका छन् ।
कार्यक्रममा मञ्चका प्रान्तीय अर्थसचिव दिलु लिङदेन, पहिचान सदस्य राजकुमार लिम्बु लगायत नेताहरुको सहभागिता रहेको थियो ।