४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

कियाचु लिम्बू साँस्कृतिक परिषद पान्थरको अध्यक्षमा सुवास केरुङ निर्वाचित



पाँचथर – किरात याक्थुङ चुम्लुङको बिषयगत संस्था लिम्बू  साँस्कृतिक परिषद जिल्ला समिति पाँचथरको  चौथो अधिबेशन सम्पन्न भएको छ ।

पाँचथरको फेदेनस्थित चुम्लुङ्हिममा बिहिवार सम्पन्न अधिबेशनबाट सुबास केरुङ ‘नुनाम’ अध्यक्षमा निर्वाचित भएका छन्  ।

उपाध्यक्षमा लिलाप्रकाश जबेगु, सचिव इक्सा लोवा, सहसचिव दिनेश केरुङ र कोषाध्यक्षमा बिन्दु आङ्बोलाइ निर्वाचित गरेको छ ।
यसैगरि सदस्यहरुमा निसाम तुम्बापो, राहुल जबेगु, अजित योङ्या, शंकर आत्मा, अमृता जबेगु, सुरेन्द्र केरुङ, रश्मि माबो आङ्देम्बे, सम्झना योङ्हाङ, तारा लिङ्देन, बिबेक हाङ्सरुम्बा, सौगात आङ्देम्बे, भुपेन योङ्हाङ् रहेका छन ।

किरात याक्थुङ चुम्लुङकाे राष्ट्रिय सदस्य तथा लिम्बु साँस्कृतिक परिषदका केन्द्रीय उपाध्यक्ष सागर केरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिसाप केन्द्रीय सचिव बुद्धराज इङ्वा, लिम्बुवान प्रदेश समिती सदस्य इन्दिरा मेयोङ्बा, जिल्ला अध्यक्ष महेन्द्र आङ्देम्बे, वरिष्ठ उपाध्यक्ष सुरेन शिशिर केरुङ, सचिव सुबास तुम्बापो, सचिव द्वय सन्देश सुब्ब, गणेश तुम्रोक, सदस्य सम्झना योङ्हाङ, फेदेन नगर अध्यक्ष देउकुमार नेम्बाङ, नौलो साहित्य विहान प्रतिष्ठानका महासचिव प्रेम ओझा, याक्थुङ लेखक संघ काठमाडौ उपत्यकाका वरिष्ठ उपाध्यक्ष सुनिल आङ्बो, इगल एफ एमका स्टेसन म्यानेजर उपेन्द्र एक्तेन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त अधिवेशनले निवर्तमान अध्यक्ष डिआर हाङ्सरुम्बालाई केन्द्रीय समितिमा सिफारिस गरिएको सचिव इक्सा लोवाले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  २ : ३६ बजे