
काठमाडौ – बेलायतकी महारानी एलिजबेथको ९६ वर्षको उमेरमा निधन भएको छ । ९६ बर्षको उमेरमा महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको हो।
बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको उनको स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनी बेलायतसँगै अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुखका रुपमा रहेकी थिइन् ।
उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४औं पछि दोस्रो स्थानमा परेकी छन् ।
त्यस्तै उनी बेलायतमा भने सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्षका रुपमा स्थापित भएकी छन् ।
उनको जन्म सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा भएको थियो । पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गर्ने अवसर पाएकी थिइन ।
उनले आफ्नो जीवन कालमा नेपालको पनि दुई पटक भ्रमण गरेकी थिइन् ।