दमक – कवि तथा लेखक उपेन्द्र सुब्बालाई दिव्यबिक्रम नेम्बाङ स्मृति पुरस्कार प्रदान गरिएको छ ।
झापाको बिर्तामोडमा आयोजित पुरस्कार वितरण कार्यक्रममा कवि सुब्बालाई शुक्रबार दिब्यबिक्रम नेम्बाङ स्मृति पुरस्कार प्रमुख अतिथि कृष्ण बरालको हस्तबाहुलिबाट नगद ३० हजार रुपैंयाँ राशी सहित सम्मान–पत्र वितरण गरिएको हो ।
कविको कृति डाँडामाथिको घामजून र गडतिरका राँकेभुतहरु (कविता सङ्ग्रह), होङ्ग्रायो भोग र पाङ्ग्रा (कविता सङ्ग्रह), खोलाको गीत (कविता सङ्ग्रह), लाटो पहाड (कथा सङ्ग्रह) कृति प्रकाशित छन् ।
यसअघि उक्त पुरस्कार कवि प्रकाश थाम्सुहाङ र कृष्ण बराल पुरस्कृत भइसकेका छन् । यो पुरस्कार दिव्यबिक्रम नेम्बाङ स्मृति प्रतिष्ठानले बार्षिक रुपमा प्रदान गर्दै आएको स्व.दिव्यबिक्रमका छोरा कवि नन्दहाङ नेम्बाङले बताए । पाँचथरको पौवासारतापमा जन्मेका स्व दिव्यबिक्रम नेम्बाङ सामाजिक, राजनीतिक व्यक्तित्वको रुपमा परिचित छन् ।