१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कियाचु कमल गाउँ कार्यसमितिको अध्यक्षमा दिवस लिम्बू निर्वाचित



झापा – किरात याक्थुङ चुम्लुङ कमल गाउँ कार्य समितिको अध्यक्षमा दिवस लिम्बु निर्वाचित भएका छन् । शनिबार झापाको कमलमा सम्पन्न अधिबेशनले लिम्बुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएका छन् ।

अधिबेशनबाट उपाध्यक्ष मावोहाङ् अमर लिम्बु,सचिव शुकबहादुर लावती,सहसचिव बविन आङ्देम्बे , कोषाध्यक्ष शान्ता लावती लिम्बु चयन भएका छन् ।

सदस्यहरुमा रामकुमार लिम्बू , सुमन सदेम्बा, सुरेन्द्र आङ्देम्बे, दिलकुमारी राई आङ्देम्बे, खगेन्द्र आङ्देम्बे, छत्र सावदेन, अनुशा लाबुङ् ,भिमबहादुर लावती चयन भएका छन् । बाँकी सदस्यहरु गाउँ कार्य समितिको पहिलो बैठकले मनोनयन गरी २१ सदस्यीय कार्य समिति पूरा गर्ने समेत जनाइएको छ ।

कमल गाउँ पालिकाका ६०१ जना चुम्लुङ् सदस्यको प्रतिनिधत्व गर्दै ५२ जना प्रतिनिधिहरुले काियचु कमल गाउँ कार्य समिति निर्विरोध चयन गरेको निर्वाचन समिति संयोजक सेसेहाङ् फियाकले जानकारी दिए ।

नवनिर्वाचित कार्य समिति पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति संयोजक सेसेहाङ् फियाक लिम्बुले पदीय जिम्मेवारीको शपथ ग्रहण (माङ्हुप) ख्वाएका थिए भने निर्वाचित पदीय दायित्व बोधको प्रमाण–पत्र समेत संयोजक फियाकले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा कियाचु लिमबुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, निर्वतमान अध्यक्ष पुण्यकुमार सम्बाहाङ्फे, सल्लाहकार बलनाथ नाल्वो लगायतका महानुभावहरुले बधाई ताथ शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  २ : ३२ बजे