१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

कवि वियोगी काईलाको एकल कविता वाचन | kiratsamachar



दमक  – कवि वियोगी काईलाको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार झापाको दमक स्थित एस. जी. कटेजको सभाहलमा याक्थुङ लेखक संघ केन्द्रीय अध्यक्ष प्रकाश थाम्सुहाङको प्रमुख आतिथ्यतामा कवि वियोगी काईलाको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।

कविको परिचय साहित्यकार/यालेस झापा उपाध्यक्ष राज कुमार सुब्बा अनिश्चितले गरेका थिए । कवि काइलाद्वारा कविताहरु वाचन गरेका थिए ।  सो कविता माथी टिप्पणी सृजनशिल अराजक/साहित्यकार हाङयुत अज्ञातले गर्नु भएको थियो ।

कार्यक्रम याक्थुङ लेखक संघ झापा जिल्ला अध्यक्ष मौलश्री लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो । यालेस झापा जिल्ला कोषाध्यक्ष रचना लाओतीले राखेकी थिइन भने संचालन सचिव अभिषेक नेम्बाङले गरेका थिए ।

कार्यक्रम कवि बिराट किराती,सुन्दर कुरुप, साङसेन पंधाक, कृष्ण काश्यप, निहाङ किराती,महेन्द्र बिरही,दिलीप राई,हरि पराजुली, मुसाहाङ अम्याङ्सा लगायतको समेत उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ४ : ४० बजे