१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

कियाचु ललितपुर अध्यक्षमा टङ्क लिम्बू निर्वाचित | kiratsamachar



ललितपुर – किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्लाकाे नवौं अधिबेशन सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको प्रमुख आतिथ्यमा शनिबार ललितपुर अवस्थित चुम्लुङहिममा सम्पन्न नवौं जिल्ला अधिबेशनले टंक बहादुर लिम्बूको अध्यक्षतामा नव कार्य समिति चयन गरेको छ ।

नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा शुभराज थाम्शुहाङ र आशा नेम्बाङ, सचिवमा मनु कला थक्लुङ,सह–सचिबमा रुपा राई लिम्बु र कोषाध्यक्षमा गंगा कुमारी लिम्बु निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा देउमान लुम्फुङवा, चन्द्र कुमार योङ्या, भुवनशिं यक्सो, उदय बेघा, इन्दिरा चेम्जोङ्, राम शिला बखिम, डम्बर तुम्रोक, दिपा लोक्ताम, जुनिता नेम्बाङ्, धनसिं लिङदेन, आइन्द्र कुमारी आङ्देम्बे, लाल बहादुर हुक्पा चोङ्बाङ्, बिष्णु माया सिंगक, कुमारी यक्सो, हरि प्रसाद लावती, टेक लावती, कृष्ण राज नेम्बाङ्, डम्बर बहादुर यक्शो, खड्क बहादुर नुगो, दिलेन्द्र नेम्बाङ्, निर्मला लिम्बु आङ्बुङ चयन भएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १ : ३८ बजे