१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

रुक्साना लिम्बूको ‘यरिक यरिक नोगेन’ गीत सार्वजनिक ( भिडियोसहित )



काठमाडौ  –  बालगायिका रुक्सना लिम्बूको नयाँ गीत ‘यरिक यरिक नोगेन’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।                                                                    आइतबार काठमाडौमा एक कार्यक्रमकोबीच रुक्सना लिम्बूको ‘यरिक यरिक नोगेन’ बोलको गीत रुक्सना लिम्बूको अफिसियल युट्युब च्यानल ‘रुक्सना लिम्बू’मार्फत  सार्वजनिक गरिएको हो ।

रुक्सनाको ‘यरिक यरिक नोगेन’ गीतको भिडियोलाई कार्यक्रमका प्रमुख अतिथि लोकप्रिय गायक राजेशपायल राईले सार्वजनिक गरेका थिए । सार्वजनिक गीतमा शब्द तथा संगीत महेश खड्काको रहेको छ ।

रुक्सनाको गित ‘यरिक यरिक नोगेन’ गीतको भिडियोमा रुक्सना लिम्बू र उनकी आमा रेखा लिम्बू लावतीले अभिनय गरेका छन् । साथै, भिडियोमा संगीतकार महेश खड्का, पुष्पाञ्जली तिलिङ, प्रिया र सरिताको पनि अभिनय रहेको छ । उनीहरुलाई अतिथि कलाकारका रुपमा प्रस्तुत गरिएको छ ।

सैलेन्द्र नाल्बोको निर्माण रहेको यस भिडियोलाई मिनाक्षी कोइरालाले निर्देशन गरेकी हुन् । भिडियोमा प्रशान्त मगरको कोरियोग्राफ , अर्जुन तिवारीको सिनेमाटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

भिडियो हेर्न तलको लिंकमा   

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ११ : ५५ बजे