६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

साफ महिला च्याम्पियनसिप : श्रीलङ्कालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश



काठमाडौं – नेपालमा जारी साफ  महिला च्याम्पियनसिपको आजको खेलमा नेपालले श्रीलङ्कालाई ६–० को फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला खेल मैदानमा आज सोमबार भएको खेलमा समूह ‘बी’ को नेपालले श्रीलङ्कालाई ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।

नेपाल र श्रीलङ्काबीचको खेलमा अमिसा कार्कीले २ गोल गरिन् भने रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक–एक गोल गर्न सफल भए ।

खेलको १० ‌औं मिनेटमा रश्मीकुमारी घिसिङले हेडिङ गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यस्तै सरु लिम्बुले पनि खेलको केहि मिनेटमै हेडिङमार्फत गोल गर्न सफल भइन् । अमृता जैशीले १७ औं मिनेटमा हेडिङमार्फत नै गोल गरिन् । यस्तै, खेलको पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले फेरि गोल गरिन् ।

दोस्रो हाफको  ७६ औं मिनेटमा अमिसाले गोल गर्दै नेपाललाई ५–० गोलको अग्रता दिलाइन् । साथै, अमिसाले खेलको इन्जुरी समयमा पुनः दोस्रो गोल गर्दै नेपाललाई ६–० गोलको जित दिलाइन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ३ : ११ बजे