६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

माओवादी अध्यक्ष दाहाल र चीनिया नेता ली चान्शुबीच भेटवार्ता



काठमाडौ  –  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली चान्शुबीच शिष्टचार भेटवार्ता भएको छ ।     
                        

मंगलबार बिहान सङघीय संसद् भवन नयाँ बानेश्वरमा वहाँहरुवीच शिष्टाचार भेटवार्ता भएको हो ।   भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,  उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्ल लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ९ : ५५ बजे