युएई – किरात याक्थुङ चुम्लुङ युएई र संघीय लिम्बुवान सामाजिक मन्च युएई संयुक्त बलिहाङ तङ्नाम २०२२ मनाउने भएको छ ।
६ नोभेम्बर २०२२ मा याक एण्ड यति होटल एभरेष्ट क्लब बरदुबाईमा मनाउने कियाचु युएईका अध्यक्ष कमल लावतीले जानकारी दिएका छन् ।
यस कार्यक्रमको संयोजक संलिसाम युएईका अध्यक्ष बिक्रम लिम्बूलाई जिम्मेवारी दिइएको छ । कोरोनाको कारणले धेरै समय कार्यक्रम हुन नसकेकोले पनि दीपावलीको उपलक्ष्य साथै बलिहाङ तङ्नाम एकसाथमा भब्य रुपले मनाउने भएको हो ।
यसका कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन २ का बिजेता राम लिम्बूको बेजोड सांगीतिक प्रस्तुति साथै स्थानीय कलाकारहरुबाट याक्थुङ लिम्बूको मौलिक पहिचानका संस्कृतिक, भेषभूषा केलाङ यालाङ (धाननाच) साथै विभिन्न प्रस्तुतिहरू रहनेछन् ।