३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

सामाजिक अभियान्ता विक्रम वनेम फागो इलामबाट चुनाव लड्ने



किरात समाचार – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च इलामले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ ।

सलोराम,लिम्बुवान मञ्च इलाम जिल्ला कार्यसमिति र केन्द्रीय सदस्यहरुको बैठकले  उम्मेदवारहरुको नामावली संघीय कार्यसमितिलाई सिफारिस गरेको हो । प्रतिनिधिसभा सदस्य र प्रदेशसभाको लागि उम्मेदवारीहरुको नामावली सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,संघीय लिम्बुवान प्रान्तीय मञ्च इलामले क्षेत्र नं. १ मा जीत कुमार मुखियालाई प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नं. १ (क) मा जिल्लाका ससक्त युवा महिला नेत्री सुस्मा वनेम फागो, धनबहादुर राई लाइ उम्मेदवारको रुपमा सिफारिस गरेको छ।

फागो इलामबाट चुनाव लड्ने

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,संघीय लिम्बुवान प्रान्तीय मञ्च इलामले क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको लागि गोविन्द योङहाङ र पुर्ण फत्रलाई उम्मेदवार सिफारिस गरेको छ । त्यस्तै इलाम क्षेत्र नं. २ (ख) बाट प्रदेशसभामा  लेखक, सामाजिक अभियान्ता ,रंगकर्मि तथा निर्देशक विक्रम वनेम फागोलाई सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव २०७९ को लागि सलोराम,लिम्बुवान प्रान्तीय मञ्च इलामले उम्मेदवार सिफारिस गरेका युवाहरुमाझ लोकप्रिय फागो यसपटक इलाम बाट चुनाव लड्दैछन ।

 

 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १२ : ४७ बजे